फेरि बढ्यो पेट्रोल डिजेलको मूल्य
प्रकाशित:
०१ साउन २०८१
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । असार एक गते मध्यरातदेखि लागू हुने गरि पेट्रोलियम पदार्थको मूल्य बढेको निगमले जनाएको छ।
निगमकाअनुसार पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ, डिजेल र मट्टितेलमा ३-३ रुपैयाँका दरले मूल्य बढेको छ। इन्डियन आयल कर्पोरेसन(आईओसी) भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएकोले मूल्य बढाउनु परेको निगमले जनाएको छ ।
बढेको मुल्यअनुसार पेट्रोल प्रति लिटर पहिलो वर्ग १६८ रुपैयाँ ५० पैसा, दोस्रो वर्ग १७० रुपैयाँ र तेस्रो वर्ग १७१ रुपैयाँ कायम भएको छ। त्यस्तै डिजेल र मट्टीतेल प्रति लिटर पहिलो वर्ग १५७ रुपैयाँ ५० पैसा, दोस्रो वर्ग १५९ रुपैयाँ र तेस्रो वर्ग १६० रुपैयाँ काम भएको छ। हवाई इन्धनको मूल्य भने यथावत रहेको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares