आजसम्म कायम सेयरधनीहरुले मात्र स्ट्याण्डर्ड चार्टर्ड बैंकको बम्पर लाभांश पाउने

अर्थकागज
प्रकाशित: १० मंसिर २०८१
Image description

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले गत आर्थिक बर्षको मुनाफाबाट प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज मंशिर ११ गते मंगलबार अन्तिम दिन रहेको छ ।

बैंकले लाभांश तथा साधारणसभा प्रयोजनार्थ मंशिर १२ गते बुधबार बुक क्लोज गर्ने निर्णय गरेको थियो त्यसैले मंशिर ११ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् । बैंकले विद्यमान चुक्ता पूँजीको चुक्ता पूँजीको ६.५ प्रतिशतका दरले बोनस शेयर र बोनस शेयरको कर प्रयोजनार्थ समेत गरि १९ प्रतिशत नगद लाभांश गरी कुल २५.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

बैंकको ३८ औँ वार्षिक साधारणसभा मंसिर २५ गते, आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा बोलाएको हो। सो सभा बिहान ९ः३० बजे शुरु हुनेछ।सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर