महुली लघुवित्तको एफपीओ बाँडफाँड

अर्थकागज
प्रकाशित: १९ पुस २०८१
Image description

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको थप सार्वजनिक निष्कासन (एफपीओ) आज बाँडफाँड भएको छ । आज बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलका अनुसार शुक्रबार बिहान १०ः३० बजे आफ्नै कार्यालय नयाँ बानेश्वर काठमाडौंमा एफपिओ बाँडफाँड भएको हो । संस्थाले पुस ५ गतेदेखि पुस ९ गतेसम्म निष्काशन भएको एफपीओमा  कुल १६ लाख ९२ हजार १ सय ६ जनाले आवेदन दिएका थिए । जस मध्ये १६ लाख ८७ हजार ७ सय ७४ जना आवेदकको आवेदन मात्र योग्य भएको क्यापिटलले जनाएको छ।

माग गरिएको भन्दा बढीको आवेदन परेपछि योग्य रहेका १६ लाख ८७ हजार ७ सय ७४ जना आवेदकलाई गोलाप्रथामा समावेश गराएर गोलाप्रथाबाट शेयर बाँडफाँड गरिएको छ। जस अनुसार ४७ हजार ५ सय ४४ जनाले मात्र शेयर पाएका छन् । यी मध्ये ९ जनाले ११ कित्ता शेयर पाएका छन् भने एक जनाले १०.१५ कित्ता शेयर पाएका छन् । बाँकिले भने १० कित्ताको दरले शेयर पाएका छन् ।

एफपीओको नतिजा केही समयपछि प्रकाशन हुने छ । कम्पनीले पुस ५ देखि पुस ९ गतेसम्म एफपीओ निष्काशन गरेको थियो । लघुवित्तले ४ करोड ७५ लाख ४४ हजार ९१५ रुपैयाँ बराबरको ४ लाख ७५ हजार ४ सय ४९ कित्ता सेयर निष्काशन गरेको थियो । कम्पनीले रु.१०० रुपैयाँको अंकित मूल्य मै शेयर निष्काशन गरेको थियो । 

प्रतिक्रियाहरू

Akash thakur

3 months ago

Report

सम्बन्धित खबर