नेपाल लाइफ इन्स्योरेन्सको बम्पर लाभांश घोषणा

अर्थकागज
प्रकाशित: २० जेठ २०८१
Image description

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७९ /८० को सञ्चित मुनाफाबाट बम्पर लाभांश घोषणा गरेको छ ।

कम्पनीको आइतबार बिहान बसेको सञ्चालक समितिको बैठकले हाल कायम रहेको चुक्तापूँजीको २१.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

जसअनुसार कम्पनीले करसहित २१.०५ प्रतिशत अर्थात् १ अर्ब ७२ करोड ८९ लाख ९२ हजार ९०० रुपैयाँ नगद लाभांश वितरण गर्ने छ ।

 प्रस्तावित लाभांश कम्पनीको आगामी साधारण सभा र नेपाल बीमा प्राधिकरणले स्वीकृत गरेपछि लगानीकर्ताले पाउने छन् ।कम्पनीको चुक्तापूँजी ८ अर्ब २० करोड ७९ लाख ६६ हजार ५५४ रुपैयाँ छ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर