शिवम् सिमेन्ट्सको नाफामा भारी गिरावट, ईपिएस ४.९८ रुपैयाँँ

अर्थकागज
प्रकाशित: २६ साउन २०८१
Image description

काठमाडौं । शिवम् सिमेन्ट्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। उक्त विवरण अनुसार कम्पनीको खुद नाफामा गिरावट देखिएको छ।

समिक्षा अवधिमा कम्पनीले २५ करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ५७.९३ प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ५९ करोड ४६ लाख रुपैयाँ खुद मुनानाफा आर्जन गरेको थियो।

समिक्षा अवधिमा कम्पनीले ७ अर्ब ७ करोड रुपैयाँको सिमेन्ट बिक्रि गरेको छ जुन अघिल्लो आर्थिक बर्षको तुलनामा ०ं.५८ प्रतितशले कम हो । अघिल्लो आर्थिक वर्षको सोहि अविधिमा सिमेन्टले ७ अर्ब ७५ करोड रुपैयाँको सिमेन्ट बिक्रि गरेको थियो ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको इपिएस घटेर ४ रुपैयाँ ९८ पैसामा झरेको छ। असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १८९ रुपैयाँ २ पैसा रहेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर