सरकारको विभेदकारी सञ्चारनीतिका विरुद्ध पत्रकारहरु धर्नामा
माधव पोखरेल
उदयपुर । नेपाल सरकारले हालै ल्याएको सुचना तथा विज्ञापन सम्बन्धी विभेदकारी र स्वेच्छाचारी सञ्चारनीतिका विरुद्धमा नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयको आव्हानमा बुधबार उदयपुरमा पनि जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिएका छन् ।
नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यसमितिको निर्देशन अनुसार नेपाल पत्रकार महासंघ उदयपुरको व्यानरमा जिल्ला प्रशासन कार्यालय उदयपुरको गेटमा पत्रकारहरुले महासंघ उदयपुर शाखाको व्यानर सहित विभिन्न प्लेकार्डहरु सहित विहान ११ बजेदेखि १२ बजेसम्म धर्ना बसेर सरकारको विभेदकारी सञ्चार नीतिको विरोध गरिएको छ । यस अघि सोमबार जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी मार्फत सरकारी विज्ञापन सम्बन्धी विभेदकारी सञ्चारनीति सुधार गर्न नेपाल सरकार समक्ष ज्ञापन पत्र बुझाउने काम भएको थियो ।
धर्ना कार्यक्रममा सदरमुकाममा रहेका करिब ३ दर्जनबढी पत्रकारहरुको सहभागिता रहेको थियो । सो धर्ना कार्यक्रममा अग्रज पत्रकारहरु डिल्लीराम खतिवडा, माधव पोखरेल, रविन्द्र चौधरी, पर्शुराम थापा, सल्लाहकार भोटराज राई, सचिव तुलसी कोइराला उपाध्यक्ष विश्वराज तामाङ लगायतकाले सरकारी सञ्चारनीतिका विरुद्धमा धर्नामा बस्नु परेको कारणबारे मन्तव्य दिएका थिए ।
Shares