आजदेखि हिमालयन रिइन्स्योरेन्सको कारोबार सुरु

अर्थकागज
प्रकाशित: २२ पुस २०८०
Image description

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनी सेयर आजदेखि कारोबार खुल्ने भएको छ । आईतबार कम्पनीको सेयर दोस्रो बजार नेपाल स्टक एक्स्चेन्जमा सूचीकृत भएको थियो । यसको कोड नाम एचआरएल रहेको छ ।

कम्पनीको पहिलो कारोबार प्रतिकित्ता १०३ रुपैयाँ १० पैसादेखि ३०९ रुपैयाँ २० पैसाको बीचमा हुनेछ । सो मूल्य रेञ्जमा रहेर जुनसुकै मूल्यमा पहिलो कारोबार हुन सक्नेछ । पहिलो कारोबार भएको मूल्यपछि दैनिक १० प्रतिशत घट्न वा बढ्न सक्नेछ । अधिकतम मूल्यमा कारोबार भएर १० प्रतिशत बढ्न गएमा सोमबार प्रतिकित्ता मूल्य ३४० रुपैयाँसम्म पुग्न सक्नेछ । प्रिमियमसहित कम्पनीको आईपीओ प्रतिकित्ता २०६ रुपैयाँमा खुलेको थियो ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर