सूर्योदय वोमी लघुवित्तको एफपिओ पहिलो दिनमै ओभरसब्सक्राइब्ड, कति पर्यो आवेदन ?
काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको एफपिओ पहिलो दिनमै ओभरसब्सक्राइब्ड भएको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसारआजदेखि बिक्री खुला भएको सूर्योदय वोमी लघुवित्तको एफपिओमो पहिलो दिनमै १०५ गुणा बढी आवेदन परेको छ ।
कम्पनीको एफपिओमा ३ लाख १० हजार ८८ जनाले आवेदन दिएका छन् । उनीहरुले ४९ लाख २५ हजार ४२० कित्ताका लागि आवेदन दिएका हुन् । यो माग भन्दा १०५.४० गुणा बढी हो । कम्पनीले कुल ४६ हजार ७२९ कित्ता एफपिओ बिक्री खुला गरेको थियो । पहिलो दिनमै कुल ४९ करोड २५ लाख ४२ हजार रुपैयाँ बराबरको आवेदन परेको हो । कम्पनीले ४६ लाख ७२ हजार ९५४ रुपैयाँ ५० पैसा बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४६ हजार ७२९.५४५० कित्ता एफपिओ बिक्रीमा ल्याएको हो। सो सेयरका लागि लगानीकर्ताले साउन ८ गतेसम्म आवेदन दिन सक्नेछन् । एफपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ। लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ।
कहाँबाट आवेदन दिने ?
यस कम्पनीको एफपिओमा आवेदन इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।
प्रतिक्रियाहरू
Keshaw kumar gupta
2 years ago
100 shares
Keshaw kumar gupta
2 years ago
100 shares
Shares