आजदेखि ओम मेगाश्री फर्मास्युटिकल्सको आईपीओ बिक्री खुला

अर्थकागज
प्रकाशित: २६ फागुन २०८१
Image description

काठमाडौं । ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले सर्वसाधारणका लागि निष्कासन तथा बिक्री खुला गरेको आईपीओमा आज (फागुन २७) देखि आवेदन दिन सकिने भएको छ ।

कम्पनीले जारी पुँजी ६० करोड रुपियाँको ३० प्रतिशतले हुन आउने १८ लाख कित्ता शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । जसमध्येबाट पहिलो चरणमा प्रतिकित्ता १०० रुपियाँका दरले १ लाख ८० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई, ५४ हजार कित्ता कम्पनीका कर्मचारीहरूलाई र ९० हजार कित्ता सामूहिक लगानी कोषहरूलाई बाँडफाँट गरिसकेको छ । बाँकी रहेको १४ लाख ७६ हजार कित्ता सर्वसाधारणका लागि निष्कासन तथा बिक्री खुला गरेको हो ।

कम्पनीको आईपीओमा लगानीकर्ताले चैत ३ गतेसम्म आवेदन दिन पाउनेछन् । तोकिएको समयभित्र पर्याप्त आवेदन नपरेमा म्याद चैत १२ गतेसम्म लम्बिनेछ । आवेदन न्यूनतम १० र अधिकतम १० हजार कित्ताका लागि दिन सकिने कम्पनीले जनाएको छ । केयर रेटिङ नेपालबाट कम्पनीले केयर–एनपी बीबी माइनस (डबल बी माइनस) इस्युअर रेटिङ पाएको छ । यसले कम्पनीको समयमै वित्तीय दायित्व भुक्तानीका सन्दर्भमा मध्यम स्तरको जोखिम रहेको बुझिन्छ ।

कम्पनीको आईपीओ निष्कासक तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । 

प्रतिक्रियाहरू

मान बहादुर राेकाया

1 year ago

आपियाे

Mahendra Karki

1 year ago

सर्वसाधारण ले कहा सम्पर्क गर्ने

सम्बन्धित खबर