साउनमा सबैभन्दा बढि नाफा कमाउने विकास बैंक बन्यो साईन रेसुङ्गा, कुनको नाफा कति ?
प्रकाशित:
०५ असोज २०८१
काठमाडौं । साईन रेसुङ्गा डेभलपमेन्ट बैंकले राष्ट्रियस्तरका विकास बैंकहरुमा सबैभन्दा बढि नाफा कमाउन सफल भएके छ । चालु आर्थिक बर्षको पहिलो महिना साउनमा बैंकले सबैभन्दा बढि मुनाफा आर्जन गरेको हो ।
साउनमा साईन रेसुङ्गाले २० करोड २ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ भने मुक्तिनाथ विकास बैंकले १६ करोड ९६ लाख रुपैयाँ आर्जन गरेको छ । त्यस्तै महालक्ष्मी विकास बैंकले १० करोड ५७ लाख, गरिमा विकास बैंकले ९ करोड ४६ लाख र कामना सेवा विकास बैंकले ८ करोड ५८ लाख रुपैयाँ आर्जन गरेको छ ।
साउनमा राष्ट्रियस्तरका विकास बैंकहरु मध्यमा ११ वटाले नाफा आर्जन गरेका छन् भने ६ वटा विकास बैंकहरु नोक्सानीमा छन् । साउनमा सबैभन्दा बढि नोक्सानीमा नारायणी विकास बैंक रहेको छ यो अवधिमा बैंकले ६ करोड ३७ लाख नोक्सानी व्यहोरेको छ ।
कुन बैंकको मुनाफा कति ?
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares