फस्र्ट माइक्रो फाइनान्सको व्यवस्थापन खर्च ७ करोडमाथि, संचालकको पत्रपत्रिका र सञ्चारमा लाखौं खर्च
काठमाडौं । फस्र्ट माइक्रो फाइनान्सफाइनान्स लघु वित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८०/८१ मा व्यवस्थापन खर्च ७ करोड ३ लाख ३२ हजार ९४६ रुपैयाँ खर्च गरेको छ । जसमा कर्मचारी खर्च ४ करोड ९८ लाख ८३ हजार ६८१ रुपैयाँ र प्रशासनिक खर्च २ करोड ४ लाख ४९ हजार २६५ रुपैयाँ रहेको छ ।
संस्थाको बार्षिक प्रतिवदेन अनुसार संचालक समितिको अध्यक्ष प्रति बैठक भत्ता १० हजार रुपैयाँ र संचालकहरुले प्रति बैठक भत्ता ९ हजार रुपैयाँ बुझेका छन् । संचालकहरुले कति खर्च गरेको छ ? त्यो भने संस्थाले बार्षिक प्रतिवेदनमा खुलाएको छैन् ।
संस्थाको संचालक समितिको अध्यक्षलाई पत्रपत्रिका र संचालर सुविधा वापत प्रतिमहिना २ हजार रुपैयाँ र संचालकलाई प्रति महिना १५ सय रुपैयाँ दरले गत आर्थिक वर्षमा १ लाख ८८ हजार रुपैयाँ खर्च संस्थाले गरेको छ । गत आर्थिक वर्षमा संस्थाले सिईओलाई तलव भत्ता गरी ३८ लाख ४० हजार ५५५ रुपैयाँ खर्च गरेको छ । संस्थाको सिईओमा नुमनाथ पौडेल रहेका छन् । त्यसै गरी संस्थाले व्यवस्थापकीय तहका कर्मचारीहरुलाई तलव भत्ता तथा सुविधान सहित १ करोड १६ लाख ५२ हजार ६११ रुपैयाँ खर्च गरेको छ ।
Shares