स्वावलम्बन लघुवित्तले डाक्यो साधारणसभा, बुक क्लोज कहिले ?

अर्थकागज
प्रकाशित: १९ मंसिर २०८०
Image description

काठमाडौं ।स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले पुस ४ गते अम्रपाली ब्यांकेट एन्ड इभेन्ट्स, बालुवाटार मार्ग, काठमाडौंमा बिहान ११ बजे वार्षिक साधारणसभा बोलाएको हो ।

सभाले आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको १२.३५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.६५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यसै गरी उपयुक्त लघुवित्त संस्थासँग मर्जर अथवा एक्विजिशनसम्बन्धी कार्य गर्न तथा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि रहेको छ । लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि उक्त सभाले पारित गर्नेछ ।

साधारण सभा प्रयोजनका लागि यस संस्थाले शुक्रबार मंसिर २२ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, बिहीबार मंसिर २१ गतेसम्म कायम सेयरधनीले प्रस्तावित लाभांश र सभामा भाग लिन पाउने छन् ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर