लिबर्टी माइक्रो लाइफले आईपीओ जारी गर्ने, बोलायो विशेष साधारणसभा

अर्थकागज
प्रकाशित: १४ साउन २०८१
Image description

काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले साधरणसभा बोलाएको छ । गत साउन १४ गते बसेको सञ्चालक समितिको बैठकले आगामी साउन ३१ गते विशेष साधारणसभा बोलाएको हो ।

सभाले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। साथै सभाले आईपीओ निष्कासनपछि जम्मा हुने पूँजीको उपयोग गर्नेसम्बन्धी अर्को विशेष प्रस्ताव पनि पारित गर्नेछ ।

साथै सभाले आईपीओ निष्कासनका लागि आवश्यक पर्ने कार्यहरु गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर