अपिको सहायक कम्पनी दार्चुला पावरले बनाउने २८.३ मेगावाटको मध्य चमेलियामा नेपाल बैंक र नबिल बैंकले लगानी गर्ने

अर्थकागज
प्रकाशित: २२ जेठ २०८२
Image description

काठमाडौैं । दार्चुला पावर लिमिटेडले निर्माण गर्ने २८.३ मेगावाट क्षमताको मध्य चमेलिया जलविद्युत अयोजनामा नेपाल बैंकको अगुवाईमा नबिल बैंकको लगानी हुने भएको छ । दार्चुला पावर लिमिटेड अपि पावर लिमिटेडको सहायक कम्पनी हो । बुधबार सम्पन्न वित्तीय व्यवस्थापन सम्झौतामा दार्चुला पावरका संचालक समितिका अध्यक्ष संजिव न्यौपाने, नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेय र नविल बैंकका कामु प्रमुख अधिकृत मनोज ज्ञवालीले हस्ताक्षर गरेका थिए ।

मध्य चमेलिया बनाउन नेपाल बैंक र नविल बैंकले कुल लागत पाँच अर्ब ६६ करोडको ७५ प्रतिशत ऋण लगानी गर्न सहमत भएका हुन् । दार्चुला पावरमा स्वपुँजीको २५ प्रतिशतमा ५१ प्रतिशत अपि पावर कम्पनीको लगानी हुनेछ भने १९ प्रतिशत अन्य जलविद्युत प्रवद्र्धक र बाँकी सर्वसाधारण एवं स्थानीयको लगानी हुनेछ । प्रतिमेगावाट २० करोड रुपियाँ लागत अनुमान गरिएको यो आयोजना आगामी डेढ वर्षभित्र सम्पन्न गर्ने कम्पनीका अध्यक्ष सञ्जीव न्यौपानेले जानकारी दिए । आयोजनाबाट बार्षिक १८५ गिगावाट विद्युत उत्पादन हुने र नौ बर्षमा १३३ करोड आम्दानी हुने अनुमान उनले गरे ।

यस जलविद्युत् आयोजनाको ड्याम लाम्बगर र विद्युत् गृह शेरीमा रहने छ । आयोजनाबाट उत्पादित बिजुली नौ किलोमिटर तल बलाच सबस्टेसनमा जोडिनेछ ।


प्रतिक्रियाहरू

Hompeasadneupane

10 months ago

पूर्वाधार निर्माण प्रगति उन्मुख

सम्बन्धित खबर