अपर तामाकोशीको लिलामी सेयर भर्नेको भीड, प्रतिकित्ता १८० रुपैयाँ सम्ममा भर्दै !

अर्थकागज
प्रकाशित: २८ पुस २०८०
Image description

काठमाण्डौ । अपर तामाकोशी हाइड्रोपावरको सर्बसाधारणतर्फको लिलामी सेयरमा आवेदन दिन आज अन्तिम दिन रहेको छ । कम्पनीको लिलामी सेयर भर्न एक हप्तादेखि सनराइज क्यापिटलमा लगानीकर्ताहरुको भिड लाग्दै आइरहेको छ ।

कम्पनीले नविकेको सर्बसाधारणतर्फको हकप्रद सेयरलाई गत पुस १३ गतेदेखि आजसम्म १ करोड ७० लाख १९ हजार ५३० कित्ता सेयर बोलकबोलमार्फत् सर्वसाधारण तथा संस्थाहरुका लागि बिक्रीमा ल्याएको हो ।

कम्पनीको सेयरमा न्यूनतम १०० रुपैयाँमा आवेदन दिन पाइने भएता पनि लगानीकर्ताले अर्थ कागजको फिल रिपोटिङ्गसम्म न्युनतम प्रति कित्ता १०६ रुपैयाँदेखि १८० रुपैयाँसम्म आवेदन दिएका थियो । लगानीकर्ताको आक्रमक आवेदनसँगै अपर तामाकोशीको लिलामी सेयरको कट अफ मुल्य १२५ देखि १५० सम्म हुने अनुमान क्यापिटलले गरेको छ ।


प्रतिक्रियाहरू

Dhruba bdr katwal

2 years ago

यो काह बाट कसरी भर्ने हो वा निवेदन दिने हो

Raj Kumar bhandari

2 years ago

Ok

सम्बन्धित खबर