मातृभूमि लघुवित्तको नाफामा ५८७ प्रतिशतको उछाल, वितरणयोग्य मुनाफा १० करोड बढि
काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था र किसान लघुवित्त वित्तीय संस्था मर्ज भएर बनेको मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तिय विवरण अनुसार कम्पनीको नाफामा उल्लेख्य बृद्धि आएको छ ।
समिक्षा अवधिमा संस्थाले ७ करोड ९४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा ५८७.६२ प्रतिशतले बढि हो । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनील १ करोड १६ लाख नाफा कमाएको थियो ।
समिक्षा अवधिमा संस्था खुद ब्याज आम्दानी बढेर ३० करोड ९९ लाख रुपैयाँ पुगेको छ जुन अघिल्लो आर्थिक बर्षको तुलनमा २५.८७ प्रतिशतले बढि हो । गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तको कुल सञ्चालन आम्दानी ३६ करोड ८० लाख रुपैयाँ र सञ्चालन मुनाफा ११ करोड ४६ लाख रुपैयाँ रहेको छ।
६२ करोड ८३ लाख रुपैयाँ चुक्ता पुँजी रहेको संस्थाको रिटेन्ड अर्निङ्ग १० करोड ५८ लाख रुपैयाँ रहेको छ भने जगेडा कोष ६३ करोड २४ लाख रुपैयाँ रहेको छ। असार मसान्तसम्ममा लघुवित्तले १० करोड ५८ लाख रुपैयाँ वितरणयोग्य मुनाफा आर्जन गरेको छ। यस अनुसार संस्थाको लाभांश क्षमता १६.८५ प्रतिशत रहेको देखिन्छ ।
असार मसान्तसम्ममा लघुवित्तको प्रतिसेयर आम्दानी १२ रुपैयाँ ७१ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ८४.२० गुणा रहेको छ। लघुवित्तको प्रतिसेयर नेटवर्थ २१७ रुपैयाँ ५० पैसा पुगेको छ।
Shares