रिलायबल लाइफको नाफामा सामान्य बृद्धि, १ अर्ब ७५ करोड रुपैयाँ बिमा शुल्क आर्जन
काठमाडौं । रिलायबल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।
यस अवधिमा कम्पनीले २३ करोड ९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.९७ प्रतिशतले बढि हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २२ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस अवधिमा कम्पनीले १ अर्ब ७५ करोड रुपैयाँ बिमा शुल्क आर्जन गरेको छ जुन गत आर्थिक बर्षको यसै अवधिको तुलनामा १.७४ प्रतिशतले बढि हो । त्यस्तै खुद दाबी भुक्तानी ५.७ प्रतिशत बढेको छभने कुल आम्दानी १२.७९ प्रतिशत बढेको छ भने कुल खर्च १३.६८ प्रतिशत बढेको छ ।
४ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको शेयर प्रिमियममा १ अर्ब ७५ करोड सञ्चित छ। कम्पनीको प्रतिसेयर आम्दानी बढेर ११ रुपैयाँ ५५ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १७९ रुपैयाँ ७१ पैसा छ ।
Shares