मञ्जुश्री फाइनान्सको लाभांश घोषणा

अर्थकागज
प्रकाशित: २३ मंसिर २०८१
Image description

काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले लाभांश घोषणा गरेको छ ।

फाइनान्सको मंसिर २३ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट लाभांश वितरण गर्ने निर्णय गरेको हो । फाइनान्सले हाल कायम चुक्ता पुँजी १ अर्ब ३५ करोड १५ लाख ५२ हजार ८४८ रुपियाँको ६.३५ (करसहित) नगद लाभांश वितरण गर्नेछ ।

लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि संस्थाको आगामी साधारणसभाबाट पारित भएपश्चात् शेयरधनीमा वितरण हुनेछ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर