माया खोला हाईड्रोपावरले हकप्रद सेयर जारी गर्ने, बिक्री प्रबन्धक सिटिजन्समा क्यापिटल नियुक्ति
काठमाडौं । माया खोला हाईड्रोपावर लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले हकप्रद शेयर निष्काशनका लागि निष्काशन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटललाई नियुक्त गरेको छ ।
दुइ कम्पनीबीच निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति सम्बन्धि सम्झौता सम्पन्न भएको छ । सम्झौतामा माया खोला हाईड्रोपावर कम्पनी लिमिटेडका तर्फबाट कार्यकारी अध्यक्ष दिनेश प्रसाद श्रेष्ठ तथा सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार सिटिजन्स क्यापिटल लिमिटेडले माया खोला हाईड्रोपावर लिमिटेडको १ करोड कित्ता हकप्रद शेयर निष्काशनको लागि नेपाल धितोपत्र बोर्डको अनुमती लिन गर्नुपर्ने कार्यहरु तथा अनुमति पश्चातको बिक्री प्रबन्धकको कार्यहरु गर्नेछ ।
माया खोला हाईड्रोपावरले संखुवासभामा १४ं।९ मेगावाट क्षमताको माया खोला हाईड्रोपावर आयोजनको निर्माण गरी मिति २०८० असार देखि विद्युत उत्पादन गर्दै आएको छ । कम्पनीले सर्वसाधारणहरुलाई २०७९ माघमा प्राथमिक शेयर जारी गरेको थियो ।
Shares