सेयरधनीलाई लाभांश नदिएको नारायणी डेभलपमेन्ट बैंकले बोलायो साधारण सभा

अर्थकागज
प्रकाशित: ०२ वैशाख २०८१
Image description

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले बार्षिक साधारणसभा बोलाएको छ । बैंकले २२ औं वार्षिक साधारण सभा वैशाख १८ गते होटल स्टार चितवन रत्ननगर टाँडी चितवनमा बिहान ११ः३० बजे बोलाएको हो । यसपालि बैंकको लाभांश वितरण सम्बन्धी एजेन्डा छैन ।

सभामा बैंकले आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन पारित गर्ने प्रस्ताव पनि पेश गर्नेछ । साथै, आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि रहेको छ । बैंकको केन्द्रीय कार्यालयको ठेगाना परिवर्तन गर्ने एजेन्डा पनि छ ।अन्य कुनै बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्न वा गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि पेश हुनेछ । सञ्चालकहरुको निर्वाचन गर्ने एजेन्डा पनि रहेको छ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर