जीवन विकास लघुवित्तको ३.५१ लाख कित्ता सेयर बिक्रिमा, न्यूनतम मूल्य कति ?

अर्थकागज
प्रकाशित: ०९ भदौ २०८२
Image description

काठमाण्डौ । जीवन विकास लघुवित्त वित्तिय संस्था लिमिटेडका बिद्यमान संस्थापक सेयरधनीले ३ लाख ५१ हजार ४४० कित्ता संस्थापक सेयर बिक्रि गर्ने भएका छन् । लघुवित्त आज मंगलबार एक सूचना जारी गर्दै इच्छुक बिद्यमान सेयरधनीहरुलाई आवेदन दिन आग्रह गरेको हो ।

लघुवित्तका संस्थापक सेयरधनीहरुले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्रिका लागि निवेदन दिएका हुन् । उक्त सेयरको न्यूनतम मूल्य १०२ रुपैयाँ प्रतिकित्ता तोकिएको छ । इच्छुक आवेदकले ५०० रुपैयाँ प्रतिकित्ता वा सो भन्दा बढि मूल्यमा आवेदन दिन सक्नेछन् ।

संस्थापक शेयर खरिद गर्ने पहिलो हक विद्यमान संस्थापकहरुमा रहने भएकोले उक्त शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र लघुवित्तको केन्द्रिय कार्यालयमा आइपुग्ने गरी आवेदन दिन आग्रह गरेको छ ।

म्याद भित्र विद्यमान संस्थापकहरुबाट आवेदन नपरेमा संस्थापक भन्दा बाहिर सेयर बिक्रीको प्रक्रिया अगाडि बढाईने कम्पनीले जनाएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर