एभरेष्ट बैंकको लाभांश रकम सेयरधनी लिन गएनन्, बैंकले जारी गर्यो यस्तो सूचना
प्रकाशित:
२४ साउन २०८०
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले विभिन्न वर्षमा दिएको लाभांश रकम सेयरधनीहरु लिन गएका छैनन् । बैंकले एक सूचना जारी गरी सेयरधनीलाई उक्त लाभांश रकम लिन आग्रह गरेको छ ।
बैंकले जारी गरेको सूचना अनुसार ११ वर्षसम्म सेयरधनीले लाभांश रकम लिन नगएको देखिन्छ । सेयरधनी लाभांश रकम लिन नगएपछि लाखौं रुपैयाँ बैंकमा जम्मा भएर बसेको छ ।
सेयरधनीलाई लाभांश रकम लिन बैंकबाट लाभांश पुर्जा लिई भुक्तानी लिन बाँकी तथा लाभांश पुर्जा हालसम्म पनि लिन नआएका सेयरधनीलाई आफ्नो सेयर प्रमाण पत्र वा डिम्याट खाताको विवरण, सेयर सम्बन्धी कागजात र परिचयपत्र लिई बैंकको सेयर शाखामा सम्पर्क गर्न अनुरोध गरेको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares