ठूला वाणिज्य बैंकको ऋण अडिट गर्न ६ कम्पनी सर्टलिस्टमा


काठमाडौं । १० ओटा ठूला वाणिज्य बैंकहरूको कर्जा गुणस्तर परीक्षणका लागि नेपाल राष्ट्र बैंकले ६ ओटा कम्पनीको सर्टलिस्ट गरेको छ ।
राष्ट्र बैंकले दोस्रो पटक गरेको प्रस्ताव आह्वानबाट श्रीलंकाको डेलोइट पार्टनर्स, बंगलादेशको हौलादर युनुस एण्ड कम्पनी, भारतको केपीएमजी एस्योरेन्स एण्ड कन्सल्टिङ सर्भिसेस, नेपाली परामर्शदाता सुवेदी एण्ड एसोसिएटको नेतृत्वमा भारतका मेहेरा गोयल एण्ड कम्पनी र जेकेएसएस एण्ड एसोसिएट, भारतकै एमएमके एण्ड एसोसिएट र नेपालको बीके अग्रवाल एन्ड कम्पनी सहायक राखी भारतको एसआर बाट्लीबोइ एण्ड एसोसिएट कम्पनी छनोट भएका हुन् । प्रारम्भिक छनोटमा परेका कम्पनीहरूलाई प्रस्ताव पेश गर्नका लागि समय तोकिने राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।
गत वर्ष चैतमा नेदरल्यान्ड्सको डेलोइट फाइनान्सियल एडभाइजरी, भारतको केपीएमजी अस्योरेन्स एन्ड कन्सल्टिङ सर्भिस र पाकिस्तानस्थित केपीएमजी तासिर हाडी एन्ड कम्पनी भारतकै प्राइसवाटर हाउस कुपर्स र नेपालको सीएससी एन्ड कम्पनी र भारतस्थित एसआर बाटलिबोई एन्ड एसोसिएट र नेपालको बीके अग्रवाल एन्ड कम्पनी प्रारम्भिक छनोटमा परेका थिए । प्रारम्भिक छनोटमा परेका कम्पनीहरूमध्ये केपीएमजी अस्योरेन्स एन्ड कन्सल्टिङ सर्भिसले मात्र आर्थिक प्रस्ताव पेश गरेकोमा अनुमानित बजेटभन्दा बढी रकमको प्रस्ताव परेपछि छनोट प्रक्रिया रद्द गरी पुनः प्रस्ताव आह्वान गरेको हो ।
Shares