लाभांश घोषणा कानुन सम्मत: अपि पावर कम्पनी


काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले घोषणा गरेको लाभांश कानुनी सम्मत रहेको कम्पनीले जनाएको छ । आज एक विज्ञप्ती जारी गर्दै कम्पनीले खुद मुनाफा तथा सेयर प्रिमियमबाट सेयरधनीहरुलाई ९ प्रतिशतका दरले बोनश सेयर र ०.४७३७ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश विरतण गर्ने निर्णय कानुनी सम्मत रहेको जनाएको हो ।
नेपाल लेखा प्रतिवेदन मान ९ (NFRS 9) बमोजिम विभिन्न कम्पनीहरुमा गरेको शेयर लगानीलाई नाफा नोक्सान हिसाब मार्फत बजार मूल्य (Fair Value through Profit and Loss) अनुरुप लेखाङ्कन गरिएको र सो बमोजिम बजार मूल्यको थप घट रकमलाई कम्पनीको नाफा नोक्सान हिसाबमा नाफा / घाटा लेखाङ्कन गरी सो बापत सिर्जना हुने स्थगत कर (Deferred Tax) समेतको व्यवस्था गरी कम्पनीको मुनाफा गणना गरिएको कम्पनीले प्रष्ट पारेको छ ।
NFRS 9 बमोजिम कम्पनीको नाफा नोक्सान हिसाब मार्फत सिर्जित मुनाफालाई पूनर्मूल्याङ्कनको नाफा भनेर व्याख्या गर्नु प्रचलित ऐन तथा नेपाल लेखा प्रतिवेदन मानको मर्म तथा व्यवस्था प्रतिकुल हुने कम्पनीले उल्लेख गरेको छ।
कम्पनीले जारी गरेको विज्ञप्त यस्तो छ :
Shares