अपर तामाकोशीको हकप्रद भर्नुभयो ? आज अन्तिम मौका


काठमाडौं । अपर तामाकोशीको हकप्रद सेयरमा आवेदन दिने आज असोज २२ गते सोमबार अन्तिम दिन रहेको छ । लगानीकर्ताले आज कार्यालय समयभित्र कम्पनीको हकप्रद भरिसक्नु पर्नेछ ।
कम्पनीले भदौ १८ गतेदेखि १ः१ अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १० अर्ब ५९ करोड रुपैयाँ बराबरको १० करोड ५९ लाख कित्ता हकप्रद सेयर बिक्रीमा ल्याएको हो । कम्पनीले हकप्रद प्रयोजनका लागि साउन २५ गते बुकक्लोज गरेको थियो । त्यसैले यो हकप्रद सेयरमा साउन २५ गतेसम्म कायम रहेका लगानीकर्ताले मात्रै आवेदन दिन पाउनेछन् ।
हकप्रद सेयरमा नागरिक लगानी कोष र सनराइज क्यापिटलले बिक्री प्रबन्धकको जिम्मेवारी लिएका छन् ।
कहाँबाट आवेदन दिने ?
यस हकप्रदमा सनराइज क्यापिटल, नागरिक लगानी कोष कार्यालयबाट पनि आवेदन दिन सकिन्छ । यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।
Shares