ओरियन्टल होटल्सको साधारणसभा आज, लाभांशसहित पूँजी बृद्धिको प्रस्ताव

अर्थकागज
प्रकाशित: १९ असोज २०८१
Image description

काठमाडौं । ओरियन्टल होटल्स लिमिटेडको २७ औँ बार्षिक साधारणसभा आज असोज २० गते आइतबार नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेल, ललितपुरमा बिहान ११ बजेदेखि सुरु हुन्छ ।

सभाले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.२६ प्रतिशत नगद लाभंश गरि कुल ५.२६ प्रतिशत लाभांश पारित गर्नेछ ।

त्यस्तै, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने, गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गर्ने, बोनश सेयर वितरण पश्चात सोहि बमोजिमको चुक्ता पूँजी बृद्धि गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

होटललेले साधारणसभा प्रयोजनको लागि असोज ७ गते बुक क्लोज गर्ने निर्णय गरेको थियो त्यसैले असोज ६ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर