त्रियुगा नगरपालिकामा कर असुली न्युन
उदयपुर । त्रियुगा नगरपालिकाले चालु आर्थिक वर्षको पुष मसान्तसम्ममा गरेको कर असुली अत्यन्त न्युन देखिएको छ ।
चालु आर्थिक वर्षको पुष मसान्तसम्ममा नगरपालिकाले २ करोड ७२ लाख १ हजार ८सय ३१ रुपैया ७८ पैसामात्र विभिन्न शिर्षकको कर संकलन भएको छ । यसमा मालपोतबाट प्राप्त १ करोड २० लाख आम्दानी बाँध्न बाँकी भएकोले खर्च नलेखिएकोले असुलीमा न्युन रकम देखिएको छ ।
नगरपालिकाले सबैभन्दा बढी व्यवसाय रजिष्ट्रेशन दस्तुर वापत रु.६३ लाख ३८ हजार २सय ३८ रुपैया असुल गरेको छ भने सम्पति करबाट ४९ लाख ५० हजार १ सय ९४ रुपैया, नक्सापास दस्तुर वापत ३७ लाख २२ हजार ६सय ८६ रुपैया संकलन गरेको छ ।
त्रियुगा नगरपालिका कर शाखाका रुपक तिम्सिनाले दिएको जानकारी अनुसार बहाल कर वापत ७ सय १०जनाबाट ३५ लाख २२ हजार ८ सय ८५ रुपैया ७८ पैसा, सिफारिस दस्तुर वापत ३२ लाख ३४ हजार १सय १४ रुपैया, गिट्टी बालवा ढुङ्गा वापतको २४ लाख ७४ हजार ८सय ९४ रुपैया संकलन भएको छ ।
यस्तैगरी अन्य बिक्रीबाट १७ लाख ८ट हजार २ सय ३६ रुपैया ५० पैसा , अन्य सेवा शुल्क वापत ७ लाख २९ हजार २ स य ७६ रुपैया मात्र संकलन गरेको छ । अन्य दस्तुर वापत ११ लाख ९३ हजार ९ सय, अन्य क्षेत्रको आय (प्राकृतिक श्रोत संकलन तथा बिक्री) ३ लाख ४९ हजार ७ सय ५६ रुपैया संकलन भएको छ ।
व्यक्तिगत घटना दस्तुर वापत ४ लाख २९ हजार, प्रदुषण नियन्त्रण शुल्क वापत २ लाख ७८ हजार ३ सय ५९ रुपैया, अन्य श्रोतबाट बाँडफँड नहुने रोयल्टी १ लाख ८२ हजार १ सय ९२, बेरुजु असुली वापत १लाख ५४ हजार ७ सय ३० रुपैया संकलन भएको नगरपालिका कर शाखाले जनाएको छ ।
नगरपालिकाले सबैभन्दा न्यून कर मनोरञ्जन कर वापत रु. ५ समेत असुल गरेको छ भने विशेष अनुदान पूँजिगतमा रु २०० । देखाएको छ । भूमिकर मालपोत शिर्षकमा रु. २ सय १९ असुल भएको जनाइएको छ भने मालपोतबाट रु. १ करोड २० लाख प्राप्त भएको तर आमदानी नबाँधिएकोले खर्च लेख्न बाँकी रहेको कर शाखाका रुपक तिम्सिनाले जनाएका छन् ।
नगरपालिकाले असुली गरेको अन्य कर शिर्षकहरुमा प्रशासनिक दण्ड जरिवाना र जफत वापत ९५ हजार, अन्य राजश्व वापत ७७ हजार ७ सय ९५ , सरकारी सम्पति बहालबाट प्राप्त आय ७५ हजार, नाता प्रमाणित दस्तुरबाट ४८ हजार ६ सय २५ रुपैया,बाँडफँडबाट प्राप्त हुने विज्ञापन कर ३० हजार ६ सय, पूर्वाधार सेवाको उपयोगमा लाग्ने कर१ हजार २ सय १० र पार्किङ शुलक वापत ९ सय १० रुपैया मात्र राजश्व संकलन गरेको छ ।
त्रियुगा नगरपालिकाका सूचना अधिकारी घनश्याम पोखरेलले चालु आर्थिक वर्षमा आन्तरिक ।ोतबाट जम्मा २० करोड २० लाख राजश्व संकलन गर्ने लक्ष्य रहेकोमा आधा पनि संकलन हुन नसक्दा नगरपालिका आर्थिक संकटमा परेको बताए ।
सूचना अधिकारी पोखरेलका अनुसार कर संकलन गर्न सेवाग्राहीलाई ताकेता गर्नु पर्ने अवस्था रहेको जानकारी दिंदै हाल केही दिनदेखि नगरपालिकाले आफ्नो नगर पालिकाभित्र संचालन भएका व्यवसायहरु दर्ता भएको नभएको, दर्ता भएर पनि नवीकरण गरे नगरेको, कर तिरेको नतिरेको सबै बुझ्ने काम कर्मचारी खटाएर भैरहेको छ ।
Shares