प्रभु महालक्ष्मी लाइफको विशेष साधारणसभा सम्पन्न, सेयर परिवर्तन र सहायक कम्पनी खोल्ने प्रस्ताव पारित

अर्थकागज
प्रकाशित: १८ चैत २०८२
Image description

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको विशेष साधारणसभा आज आम्रपाली ब्याङक्वेट, भाटभटेनी, काडमाडौंमा सम्पन्न भएको छ ।

कम्पनीका संचालक समितिका अध्यक्ष सम्झना अर्याल 'अस्मिता सुमार्गी' को अध्यक्षतामा सम्पन्न सभाले कम्पनीको संस्थापक सेयरको १० प्रतिशत सेयर सर्वसाधारण सेयरमा परिवर्तन गर्ने प्रस्ताव पारित गरेको छ । त्यसै गरी सभाले प्रबन्ध तथा नियमावलीमा नियमनकारी निकायहरुले फेरबदल, थपघट गर्न कुनै सुझाव वा निर्देशन दिएमा वा कुनै भाषिक फेरबदल गर्नु पर्ने भएमा सो अनुसार गर्न संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गरेको छ । भव्य र सभ्य रुपले सम्पन्न सभाले सभाहलबाट सेयरधनीहरुले जोडदार रुपमा उठाइएको कम्पनीको प्रबन्धपत्रको उदेश्यमा लगानी गर्न सहायक कम्पनी खोल्ने प्रस्ताव पनि पारित गरेको छ । सभामा सेयरधनीहरुको उल्लेखनिय उपस्थिति रहेको थियो ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर