सन्दीप लामिछानेले टी- २० विश्वकप अन्तरगत वेष्टइन्डीजमा हुने २ खेल खेल्ने

अर्थकागज
प्रकाशित: २७ जेठ २०८१
Image description

नेपाली क्रिकेटर सन्दीप लामिछानेले जारी आईसीसी पुरुष टी -२० विश्वकप २०२४ का वेष्टइन्डीजमा हुने २ खेल खेल्ने भएका छन् । आज सोमबार एक सूचना जारी गर्दै नेपाल क्रिकेट संघले लामिछाने वेस्ट इन्डिज प्रस्थान भईसकेको र नेपाली राष्ट्रिय क्रिकेट टोलीमा समावेश हुने जनाएको छ ।

वेस्ट इन्डिजमा हुने दक्षिण अफ्रिका तथा बंगलादेश विरुद्ध नेपालका दुई खेलमा उनले खेल्नेछन् । उच्च अदालत पाटनले गत मे १५ मा दिएको फैसलासँगै नेपाल क्रिकेट संघले पूर्व घोषित टिमबाट युवा बलर प्रतिश जिसीलाई ट्राभलिङ रिजर्भमा राख्ने निर्णय गर्दै सन्दीप लामिछानेलाई विश्वकप खेल्ने आधिकारिक १५ जना टोलीको अन्तिम नामावली आईसीसी सामु पेश गरेको थियो ।

नेपाल क्रिकेट संघको सूचनाः 


प्रतिक्रियाहरू

सम्बन्धित खबर