नेशनल लघुवित्त बोनस सेयर हितग्राही खातामा जम्मा

अर्थकागज
प्रकाशित: २९ जेठ २०८१
Image description

काठमाडौँ । नेशनल लघुवित्त वित्तिय संस्था लिमिटेडले गत आर्थिक बर्षको मुनाफाबाट पारित गरेको ७.५ प्रतिशत बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेको छ।

संस्थाको २०८० चैत १६ गते सम्पन्न १० औँ वार्षिक साधारण सभाले ७.५ प्रतिशत बोनस सेयर र सो को कर प्रयोजनका लागि समेत गरी ७.५ प्रतितश नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो।

संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले फागुन ३० गते बुकक्लोज गरेको थियो त्यसैले फागुन २९ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुको खातामा उक्त बोनस सेयर जम्मा गरेको हो।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेड रहेको छ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर