अपि पावरको राईट सेयर भर्ने आज अन्तिम मौका

प्रकाशित:
१९ भदौ २०८०

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले निष्काशन गरेको हकप्रद सेयर भर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीको हकप्रद सेयर भर्ने समय आज (भदौ १९ गते) बैकिङ समयपश्चात बन्द हुनेछ ।
कम्पनीको ४०% हकप्रद सेयर बिक्री खुल्ला भैरहेको छ । साउन ३१ गतेदेखि कम्पनीले १ः०.४% अनुपातमा १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद सेयर निश्कासन गरेको छ । जसअनुसार यस कम्पनीले १ सय अंकित मूल्यमा १ अर्ब ६५ करोड ३३ लाख १३ हजार ७ सय रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गरेको छ । कम्पनीले विद्युत उत्पादन गरिरहेका ५ वटा विभिन्न परियोजनाको ऋण तिर्ने उद्देश्यले हकप्रद सेयर बिक्री गरेको कम्पनीले जनाएको छ । उक्त हकप्रद सेयरको लागि यसले असार २२ गते बुक क्लोज गरेको थियो । तसर्थ, असार २१ गतेसम्म कायम लगानीकर्ताले हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् ।
कहाँबाट आवेदन दिने ?
अपि पावरको हकप्रद सेयर मुक्तिनाथ क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ । हकप्रदमा मुक्तिनाथ क्यापिटल, अपी पावरको कार्यालय थापाथली तथा मुक्तिनाथ बैंकको तोकिएको शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।
यस हकप्रद सेयरलाई क्रेडिट रेटिङ एजेन्सी केयर नेपालले केयर एनपी डबल प्लस रेटिङ्ग प्रदान गरेको छ । यसले वित्तीय दायित्व पुरा गर्ने क्षमता मध्यम जोखिम रहेको संकेत गर्दछ । हाल अपि पावर कम्पनीको चुक्ता पुँजी ४ अर्ब १३ करोड ३२ लाख ८४ हजार रुपैयाँ रहेको छ । हकप्रद सेयर बिक्री गरेपछि कम्पनीको चुक्ता पुँजी ५ अर्ब ७८ करोड ६५ लाख ९७ हजार रुपैयाँ पुग्नेछ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares