३५ प्रतिशतले बढ्यो आइसीएफसी फाइनान्सको नाफा, अन्य अवस्था कस्तो ?
काठमाडौं । आइसीएफसी फाइनान्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित वित्तिय विवरण अनुसार फाइनान्सको नाफामा बृद्धि देखिएको छ ।
यस अवधिमा फाइनान्सले ५ करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३५.८९ प्रतिशतले बढि हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा फाइनान्सले ३ करोड ९१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस अवधिमा फाइनान्सको खुद ब्याज आम्दानी १६ प्रतिशतले घटेको छ भने सञ्चालन मुनाफा ३२ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा फाइनान्सको निष्कृय कर्जा २.२१ प्रतिशतबाट बढेर २.८६ प्रतिशत पुगेको छ ।
पुस मसान्तसम्ममा फाइनान्सको वितरणयोग्य मुनाफा ३ करोड ३४ लाख रुपैयाँ ऋणात्मक रहको छ। फाइनान्सको प्रतिशेयर आम्दानी ८ रुपैयाँ ९९ पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ १५३ रुपैयाँ ७८ पैसा रहेको छ ।
Shares