आईएमई लाईफ इन्स्योरेन्सको साधारण सभा आज, बम्पर लाभांश सहित यी प्रस्ताव पारित हुने

अर्थकागज
प्रकाशित: २८ जेठ २०८१
Image description

आईएमई लाईफ इन्स्योरेन्स लिमिटेडको ७ औँ वार्षिक साधारण सभा आज जेठ २८ गते, सोमबार, आम्रपाली ब्याङ्क्वेट, नक्साल, काठमाडौँमा बिहान ११ बजेदेखि शुरु हुनेछ। कम्पनीको जेठ २ गते बसेको संचालक समिती बैठकले साधारणसभा आह्वानको निर्णय गरेको हो ।

सभाले हाल कायम चुक्ता पूँजीको २५ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ १।३१ प्रतिशतका नगद गरी कुल २६.३१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

त्यस्तै, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने, सर्वसाधारण शेयरधनी समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने १ जना सञ्चालकको निर्वाचन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनार्थ जेठ १४ गते एक दिनका लागि बुकक्लोज गरेको थियो त्यसैले जेठ १३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्र साधारणसभामा सहभागी हुन र लाभांश प्राप्त गर्न सक्नेछन् ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर