लगानीको अवसर ! हिम स्टार ऊर्जा कम्पनीको आईपीओ आजदेखि बिक्री खुला

अर्थकागज
प्रकाशित: २३ असार २०८२
Image description

काठमाडौं । हिम स्टार ऊर्जा कम्पनी लिमिटेडले आजेदखि सर्वसाधारणको लागि आईपीओ बिक्री खुला गरेको छ ।

कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ खुलाएको हो । पहिलो चरणमा आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुमाआईपीओ बाँडफाँट गरिसकेको छ ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पुँजी ३७ करोड ३० लाख रुपियाँको ३० प्रतिशत अर्थात् प्रतिकित्ता १०० अंकित दरका ११ करोड १९ लाख रुपियाँबराबरको ११ लाख १९ हजार कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो ।

जसमध्ये प्रतिकित्ता १०० अंकित दरमा १ लाख ८६ हजार ५०० कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र ९३ हजार २५० कित्ता साधारण सेयर वैदेशिक रोजगारीमा गएका नेपालीका लागि बिक्री गरी बाँडफाँट गरिसकेको छ ।

त्यस्तै, कम्पनीले १८ हजार ६५० कित्ता सेयर कर्मचारीहरुका लागि र ४६ हजार ६२५ कित्ता सेयर सामूहिक लगानी कोषहरुका लागि सुरक्षित गरी बाँकी रहेको ७ लाख ७३ हजार ९७५ कित्ता सेयर भने कम्पनीले सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो ।

यो शेयरमा लगानीकर्ताले छिटोमा असार २७ र ढिलोमा साउन ६ गतेसम्म आवेदन दिन सक्नेछन् । तर पछिल्लो समय आईपीओ भर्नेको चाप देख्दा असार २७ गतेसम्म नै पर्याप्त आवेदन पर्ने देखिन्छ । साथै, कित्ता संख्याका आधारमा निकै कमलाई मात्र पर्ने कम्पनीको आईपीओ १० कित्ता नै भर्दा उपयुक्त देखिन्छ ।

यद्यपि, आवेदन न्यूनतम १० कित्ता र १० हजार कित्ताका लागि दिन सकिनेछ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइसी एशिया क्यापिटल रहेको छ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर