बार्षिक साधारण सभामा नक्कली पत्रकार र सेयरधनीहरुको चर्चा !
पछिल्लो समयमा कम्पनीहरुको बार्षिक साधारण सभाहरुमा केहि नक्कली सेयरधनीहरु र केहि नक्कली अनलाइन पत्रकारहरुको चर्चा हुने गरेका छन । त्यसोत पब्लिक लिमिटेड कम्पनीहरुले गर्ने बार्षिक तथा बिशेष साधारण सभाहरुमा बिभिन्न चर्चाहरु हुने गरेका छन् । पब्लिक लिमिटेड कम्पनीहरुले एक आर्थिक बर्ष समाप्ति पछि बार्षिक सासधारण सभा गर्न पर्ने हुन्छ । आर्थिक बर्ष सकिएको ६ महिना भित्र सभा गर्न नसकेमा जरिवाना समेत तिर्न पर्ने हुन्छ । तयसोत नियमित रुपमा हुने गरेका बार्षिक साधारण सभाहरु र बिशेष साधारण सभा पनि हुने गरेका छन् । खासगरी तत्काल अपरझत केही निर्णयहरु गर्न पर्यो भने बिशेष साधारण सभा बोलाउने गरेका छन कम्पनिहरुले । त्यसोत बार्षिक साधारण सभा होस वा बिशेष साधारण सभा होस सेयरधनीहरुको बाक्लो उपस्थिती हुने गरेका छन् भने केही पत्रकारहरुको पनि देखिने गरेका छन् । कतिपय सेयरधनीहरुको भनाइमा यस्तो सभाहरुमा नक्कली अनलाइनका केही पत्रकारहरु पनि देखिने गरेका बताउँछन भने यस्ता केहि पत्रकारहरुले कम्पनीसँग रकम माग्ने गरेका पनि चर्चाहरु भल्ने गरेका छन सभाहरुमा । उनीहरुको सुचना विभागको कार्ड हुँदैन । सामान्य नाम नसुनेको अनलाइन नामको कार्ड मात्र हुन्छ । सभामा नक्कली पत्रकारले कम्पनीको व्यवस्थापन सँग ५ सयदेखि बार्गेनिङ गरे रकम असुली गर्दै आईरहेका छन् । यस विषयमा व्यवस्थापन सम्बन्धी निकायले नक्कली पत्रकारलाई कारवाही गर्नु पर्ने देखिन्छ ।
कम्पनीले समिक्षा अबधिमा भए गरेका कामहरु ग्तिबिधिहरुको र कम्पनीहरुको प्रस्ताब एजेण्डाहरुको छलफल गरि सभामा उपस्थित सेयरधनिहरुको बहमतले पारित गर्न पर्दछ । त्यसपछि मात्र लाग हुने गर्दछन र साधारण सभाहरु सेयरधनीहरुको लागि पनि महत्वको हुने गरेका छन् । कम्पनीले दिने लाभाश पनि साधरण सभाबाट बहुमतले पारित भए पछि मात्र सेयरधनीहरुले पाउने गर्छ । त्यसोत बार्षिक साधारण सभाहरुमा उपस्थित हुने सेयरधनीहरुको बारेमा बिभिन्न चर्चाहरु पनि चल्ने गरेका छन् । साधारण सभामा कम्पनीको तर्फबाट प्रस्तत गरिले प्रतिबेदन प्रस्ताब एजेण्डाहरु मथि सेयरधनीहरुले पनि आआफनो बिचारहरु राख्ने गर्ने गरेका छने । यिनिहरुर्ला कतिपय सर्बसाधारण सेयरधनीहरुले र केहि कम्पनीहरुले समेत भिआइपि सेयरधनीहरुभनेर भन्ने गरेका छन् । पछिल्लो समयमा भिआइपि भनिने सेयरधनीहरुको सख्या बढ्दै छ भन्दा पनि फरक नपर्ला ।
गएको जेठ महिनामा भए गरेको एउटा रि इन्स्योरेन्सको साधारण सभामा २७ जना सेयरधनीहरुले बोलेको भन्ने चर्चा छ । सायद साधारण सभाको इतिहासमा यति धेरै बक्ताहरुले बोलेको यहि पहिलो होकि भनने पनि चर्चा छ । आखिर २ ३ घण्टा लाइनमा पालो कुरेर किन बोल्ने गर्छन त यिनिहरुले बोले कुराको सुनाई पनि हुँदैन । हात्ती आयो हात्ती फुस्सा भने जस्तो हन्छ । यसमा कतिपयले प््रश्न पनि उठाउने गरेका छने ।
त्यसोत कतिपय सेयरधनीहरुको भनाइमा पछिल्लो समयमा बार्षिक साधारण सभाहरुमा नक्कली सेयरधनीहरु पनि बढेको जस्तो देखिएको बताउँछन । साधारण सभामा अरुको नाम र डिम्याट आइडि लिएर साधारण सभामा भाग लिने नक्कली सेयरधनीहरुलाई शरणार्थि सेयरधनीहरुको सज्ञा दिएको छन केहि सेयरधनीहरुले । यसबारेमा साधारण सधामा नाम रजिष्टर्ड गर्ने कम्पनीका कमर््ाचारीहरुले पनि यस्ता सेयरधनीहरुआउने गरेको बताउँछन् । कतिपयले सेयरधनीहरुले त २ , ३ पल्ट पनि हाजिर गर्न आउने बताउँछन भने केही संगत बिवाद समेत हुने गरेको बताउँछन सरोकारवालाहरु । त्यसोत बार्षिक साधारण सभाहरुमा भाग लिन आउने सेयरधनीहरुले आफ्नो परिचय खुल्ने परिचय पत्र लिएर आउन पर्ने नियमत छ तर यसलाइ अनिबार्य भने गरेका छैनन । पछिलो समयमा साधारण सभाहरुमा भागलिन आउने सर्ब साधारण सेयरधनीहरुलाई परिचय पत्र अनिबार्य गर्नु पर्ने देखिएका छन भनेर पनि केहि सेयरधनीहरुले बताउने गरेका छन् । त्यसोत केहि सेयरधनीहरुको भनाइमा अरुको नाम र डिम्याट नम्वर प्रयोग गरेर साधारण सभामा भाग लिने गरेकोले कतिपय अबस्थामा हुलमहुल हने सभामा अस्तब्यस्त हुने गरेका बताउँछन जानकारहरु ।
पछिल्लो समयमा सेयरबजार प्रति धेरैको आकर्षण बढिरहेका देखिन्छ । फुटपाथे ब्यापारी देखि बिधार्थि शिक्षक, ब्यापारी गृहणि र कम्पनिहरुको समेत आकर्षण बढेबको देखिन्छन । पछिल्लो समयमा डिम्याट खातामा आवद्ध हुनेहरुको सख्या ६८ लाख भन्दा बढि भैसकेको सम्बन्धित सरोकारवालाहरु बताउँछन । त्यसोत सेयरबजारप्रतिको आकर्षले गर्दा बार्षिक साधारण सभाहरुमा भाग लिने सर्वसाधारण सेयरधनीहरुको उपस्थिति पनि बढिरहेको हो भन्दा पनि फरक नपर्ला । त्यसोत सेयरधनीहरुको बार्षिक साधारण सभाहरुमा आकर्षण बढ्ने पनि स्वभाबिकनै मान्न पर्ने हुन्छ । पछिल्ला समयमा बार्षिक र बिशेष साधारण सभाहरुमा उपस्थित हुनेहरुको सख्या बिगतमा भन्दा धेरै बढेको जानकारहरु बताउँछने । त्यसात बर्ष बर्षमा हुने बार्षिक साधारण सभाहरुलाई कतिपय सर्ब साधारण सेयरधनीहरुले उत्सबको रुपमा पनि लिने गरेको देखिन्छन । यसकारणले पनि साधारण सभाहरु ब्यबस्थित सभ्य र भब्य हुनु पर्दछ । त्यसोत बिगतमा साधारण सभाहरुमा सहभागिता कम मात्र हन्थ्यो भने पछिल्लो समयमा महिला सेयरधनीहरुको सहभागिता पनि बढ्दै गइरहेका छन भन्दा पनि फरक नपर्ला । त्यसैगरि पछिल्लो समयमा परिवार परिवारनै साधारण सभाहरुमा देखिने गरेका छन । कतिपयको भनाइमा साधारण सभाहरुमा भाग लिन आउने धेरै जसो सेयरधनीहरुप्राथमिक बजारका नै हने गरेका छने । दोश्रो बजारका सेयरधनीहरुरुको उपस्थिति साधारण सभाहरुमा कम मात्रै हने गरेका छन भनेर पनि जानकारहरु बताउँछन् । तयसोत प्राथमिक बजारका लगानिकर्ताहरुको आकर्षणको कारणले साधारण सभाहरुमा सेयरधनीहरुको उपस्थिति बढिरहेको बताउँछन जानकारहरु । कतिपयको भनाइमा साधारण सभाहरुमा सेयरधनीहरुको आकषर्णले गर्दा केहि नक्कली सेयरधनीहरुको उपस्थिति पनि भएको बताउछन सरोकारवालाहरु । कतिपय जानकारहरुको भनाइमा केहि नकलि सेयरधनीहरुको उपसथीतिले गर्दा साधारण सभाहरुमा बिकृतिहरु बढेको पनि बताउछन जानकारहरु । यसमा कम्पनीहरुले र सर्ब साधारण सेयरधनीहरुले समेत ध्यान दिन पर्ने देखिन्छ । अन्त्यमा भन्ननै पर्र्ने एउटाक कुरा साधारण सभाहरुमा उपस्थित हुने केहि असभ्य सर्बसाधारण सेयरधनीहरुले बिस्कुट , खाजा र खाना झोलामा राखेर लाने गरेको पनि जानकारहरु बताउँछन् ।
Shares