मन्दाकिनी हाइड्रोपावरको साधारणसभा आज, लाभांश र हकप्रदको प्रस्ताव पारित हुने
काठमाडौं । मन्दाकिनी हाइड्रोपावरको लाभांश तथा हकप्रद निष्काशनको प्रस्ताव पारित गर्न आज शुक्रबार मंशिर ७ गते साधारण सभा बस्दैछ । ११ औँ बार्षिक साधारणसभा नेपाली चुलो लाजिम्पाट, काठमाडौँमा बिहान ८ बजे सुरु हुनेछ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.२६ प्रतिशत नगद गरि कुल ५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सभामा पेश गर्नेछ । त्यस्तै सभाले बोनस सेयर वितरण पश्चात कायम चुक्ता पूँजीको १२५ प्रतिशत हकप्रद निष्काशनको प्रस्ताव समेत पारित गर्नेछ ।
गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाहलगायत विवरणमा छलफल गरी पारित गर्नेछ । सभाले चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति गर्ने र संस्थापक समूहबाट सञ्चालक समितिमा नियुक्त भएका सञ्चालकको नियुक्ति अनुमोदन गर्नेछ ।
साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि कम्पनीले कार्तिक २८ गते बुक क्लोज गरिसकेको छ । कार्तिक २७ गतेसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।
Shares