सन नेपाल लाइफको लिलामी सेयर असार २३ गतेदेखि बिक्री खुला हुने
प्रकाशित:
१४ असार २०८२
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले असार २३ गतेदखि अवितरित सेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा ल्याउने भएको छ ।
कम्पनीले वैशाख ३० गतेदेखि असार ३ गतेसम्म प्रतिकित्ता १०० रुपियाँका दरले १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद सेयर १ः०.२७ को अनुपातमा बिक्री खुला गरेको थियो । उक्त हकप्रदमा वैशाख ४ गतेसम्म कायम रहेका सेयरधनीले मात्रै आवेदन दिन पाएका थिए । उक्त हकप्रद सेयर असार १२ गते बाँडफाँट बाँडफाँट गरिसकेको छ ।
यसरी बाँडफाँटमा नरपरेको २ लाख २४ हजार ७२८ कित्ता सेयर लिलाम प्रक्रियामार्फत बिक्रीमा ल्याउन लागेको हो । जसमा संस्थापक समूहतर्फ ८० हजार २२२ कित्ता र सर्वसाधारण समूहतर्फ १ लाख २२ हजार ५०६ कित्ता रहेको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares