प्रभु महालक्ष्मी लाइफको साढे १ लाख कित्ता शेयर बिक्रीमा

अर्थकागज
प्रकाशित: ०५ माघ २०८१
Image description

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक समूहको १ लाख ५३ हजार ४०२ कित्ता शेयर बिक्रीमा राखेको छ। जसमध्ये संस्थापक शेयरधनी सैला श्रेष्ठको १ लाख २० हजार ७८० कित्ता, सनराइज होल्डीङ्गस प्रा. लि. को १८ हजार ३४८ कित्ता, सैलेश श्रेष्ठको १२ हजार ७८ कित्ता र अनिल प्रसाद श्रेष्ठको २ हजार १९६ कित्ता शेयर रहेको छ। उक्त शेयर कम्पनीका हाल कायम विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै खरिद गर्न सक्नेछन्। शेयर किन्न इच्छुक शेयरधनीले काठमाडौंको कमलादीस्थित कम्पनीको प्रधान कार्यालयमा निवेदन दिनु पर्नेछ। साथै तोकिएको समयभित्र संस्थापक शेयरधनीबाट शेयर खरिदका लागि पर्याप्त आवेदन नआएमा सो शेयर सर्वसाधारणमा बिक्री खुला गरिने कम्पनीले जनाएको छ।



प्रतिक्रियाहरू

सम्बन्धित खबर