प्रधानमन्त्री प्रचण्डले आज राष्ट्रका नाममा सम्बोधन गर्ने

अर्थकागज
प्रकाशित: ०९ पुस २०८०
Image description

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्।

प्रधानमन्त्रीले आज दिउँसो ५ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सम्बोधन गर्नेछन्।

यसअघि दिउँसो ३ बजेका लागि तय भएको कार्यक्रम ५ बजेका लागि सारिएको हो।

प्रधानमन्त्री प्रचण्डले सरकारको १ वर्षमा पुरा भएको अवसरमा महत्वपूर्ण उपलब्धिहरुसहितका विषय समेटेर राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन्।


प्रतिक्रियाहरू

सम्बन्धित खबर