एनएमबि क्यापिटलको १७ प्रतिशत लाभांश घोषणा, साधारणसभा पनि आह्वान

अर्थकागज
प्रकाशित: ३० असोज २०८१
Image description

काठमाडौं । एनएमबि क्यापिटलले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट शेयरधनीलाई करसहित १७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लाभांश पारित गर्न कम्पनीले १४औं वार्षिक साधारणसभा बोलाएको छ ।

सभा कात्तिक ३० गते होलिडे इन एक्सप्रेस नक्साल काठमाडौंमा दिउँसो ४ बजेदेखि शुरु हुनेछ । सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०८१ असारसम्मको वासलात, हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वार्षिक वित्तीय विवरणमाथि छलफल गरी पारित गर्नेछ । त्यस्तै, सभाले आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्नुका साथै गत आवमा कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत खर्च गरिएको ६० हजार ९१५ रुपियाँ पनि पारित गर्नेछ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर