मङ्सिर २ गतेदेखि Citizens Super 50 फण्डको इकाई निष्काशन गर्दै सिटिजन्स क्यापिटल

अर्थकागज
प्रकाशित: ११ कात्तिक २०८३
Image description

काठमाडौं । सिटिजन्स क्यापिटलले मङ्सिर २ गतेदेखि Citizens Super 50 नामक सामुहिक लगानी कोष योजनाको इकाई निष्काशन गर्ने भएको छ। यस योजनाको आकार १ अर्बको रहेको छ। जसमा १० रुपैयाँ अंकित मूल्यमा १० करोड इकाई निष्काशन हुने छ।

जस मध्ये १ करोड ५० लाख इकाई कोष प्रबर्दक सिटिजन्स बैंकलाई छुट्याईएको छ भने बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारणको लागि निष्काशन हुने छ । यस निष्काशनमा लगानीकर्ताले छिटोमा मङ्सिर ७ गतेसम्म र ढिलोमा मङ्सिर १६ गतेसम्म आवेदन दिन सक्ने छन् । आवेदन दिँदा न्युनतम १०० इकाई र अधिकतम १ करोड इकाईको लागि आवेदन दिन सकिनेछ।

बन्दमुखी प्रकृतिको यस योजनाको अवधि १० वर्ष रहेको छ। नेपाल धितोपत्र बोर्डले असोज ७ गते फण्ड संचालनको अनुमति दिएको थियो।

प्रतिक्रियाहरू

सम्बन्धित खबर