सांग्रिला डेभलपमेन्टको बैंकको लाभांश घोषणा

अर्थकागज
प्रकाशित: ०२ पुस २०८१
Image description

काठमाडौं । सांग्रिला डेभलपमेन्टको बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकको पुस २ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको आधारमा ३.६५ प्रतिशत बोनस सेयर र ०.१९ प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने निर्णय गरेको हो। हाल बैंकको चुक्ता पूँजी ३ अर्ब ४३ करोड ९ लाख ७१ हजार रुपैयाँ छ।

घोषित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीहरूमा वितरण हुनेछ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर