सिनर्जी पावरको हकप्रद बाँडफाँड : ५ लाख ६३ हजार कित्ता लिलामीमा आउने

प्रकाशित:
१८ असोज २०८०

काठमाडौं । सिनर्जी पावर कम्पनी लिमिटेडले निष्कासन गरेको ५० प्रतिशत हकप्रद सेयर बाँँडफाँड गरिएको छ । उक्त हकप्रद असोज १६ गते बाँडफाँड गरिएको हो ।
कम्पनीले भदौ ३ गतेदेखि ३१ गतेसम्म २ः१ अनुपातमा ४० लाख ३२ हजार ८ सय ७५ कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो । ४० लाख ३२ हजार ८ सय ७५ कित्ता हकप्रद सेयर खुल्ला गरेकोमा ३४ लाख ६९ हजार ६ सय १४ कित्ताका लागि मात्र आवेदन परेको छ । जस अनुसार अब बिक्री हुन नसकेको ५ लाख ६३ हजार २ सय ६१ कित्ता हकप्रद फाइनान्सले लिलामीमा ल्याउनेछ ।
कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares