हिमालयन हाइड्रो एक्स्पोमा रुचाइए हुलास स्टिलका उत्पादन
काठमाडौं । ४ दशक पुरानो इतिहास बोकेको नेपालको पहिलो रंगिन जस्तापाता उत्पादन गर्ने कम्पनी हुलास स्टिलका उत्पादनहरू हिमालयन हाइड्रो एक्स्पोमा रुचाइएका छन् ।
हिमालयन हाइड्रो एक्स्पो २०२४ मा हुलास स्टिलका स्टिल कोनिकल पोल, ट्रान्समिसन टावर, पेनस्टक पाईप लगायतको कम्पनीले प्रदर्शनी गरिएको थियो । जसबारे ग्राहकले अत्यन्तै चासो दिइएको कम्पनीले जनाएको छ ।
कम्पनीले एक्स्पोमा जलविद्युत आयोजनामा प्रयोग गर्नका लागि विशेष किसिमको पेनस्टक पाइपको समेत प्रदर्शन गरिरहेको थियो ।
कम्पनीले अहिले जलविद्युत आयोजनालाई प्रयोग गर्नका लागि विशेष पेनस्टक पाइप बजारमा ल्याइएको छ । जलविद्युत आयोजनको लागि खोलादेखि हाइड्रोपावरको पाउर हाउसम्म पानी लैजानको लागि पनस्टक पाइपको प्रयोग हुने गर्दछ ।
कम्पनीले ट्रान्समिसन, फिडर पिल्लर, हाइमास्ट पोल, अक्टागोनल पोल लगायत समेत कम्पनीले प्रदर्शनीमा राखेको थियो । कम्पनीले हुलास जस्तापाता सँगसँगै विद्युत् पोल, ट्रान्समिसन टावर लगायत आपूर्ति गरिरहेको ब्रान्ड म्यानेजर रबि केसीले बताए ।
यस्तै कम्पनीले बाटोमा प्रयोग हुने मेटल क्र्यास बेरियर पनि प्रदर्शनमा राखेको छ । मेटल क्र्यास बेरियर विशेष गरी सडक सुरक्षाका लागि प्रयोग गरिन्छ । कम्पनीले नेपालको रोड स्ट्याण्डर्ड अनुसारको क्र्यास बेरियर उत्पादन गर्दै आईरहेको छ ।
नेपालकै नम्बर एक स्टिल उद्योगको रुपमा आफूलाई उभ्याउँदै आएको यस कम्पनीले ग्राहकलाई आफ्नो उत्पादनको गुणस्तरमा कम्परमाइज नगर्ने ब्रान्ड म्यानेजर केसीले सुनाए । यो एक्स्पोमा पनि कम्पनीले ग्राहकलाई आफ्ना उत्पादनबारे बुझाएको र आवश्यक पर्दा नेपालमै बनेका हुलास स्टिलका उत्पादनहरु प्रयोग गर्न सुझाव दिएको कम्पनीले जनाएको थियो ।
Shares