अल्टिमा लाइफस्टाइल ब्रान्डको नयाँ ‘अल्टिमा वाच सर्कल’ र ‘अल्टिमा वाच म्याजिक प्रो’ स्मार्टवाच बजारमा
काठमाडौं । चर्चित उदयीमान नेपाली ब्रान्ड – अल्टिमा लाइफ स्टाइलले आफ्नो उपभोक्ताका लागि अत्यधिक किफायती मूल्यमा सुविधाजनक आधुनिक विशेषताहरुले सजिएको नयाँ दुई वटा स्मार्टवाच बजारमा सार्वजनिक गरेकोे छ । सार्वजनिक भएकोे स्मार्टवाचका मोडलहरु – ‘अल्टिमा वाच सर्कल’ र ‘अल्टिमा वाच म्याजिक प्रो’ रहेका छन् । अल्टिमा वाच सर्कल त्रु अमोलेद स्मार्टवाच हो भने अल्टिमा वाच म्याजिक प्रो एक किफायती आधुनिक विशेषतायुक्त स्मार्टवाच हो । यी विशिष्ट वेरबलहरुले स्मार्टवाचको अपेक्षाहरू आमूल परिवर्तित गर्नुको साथै नयाँ युगको प्रविधिबाट प्रभावित शैली र व्यवहारिकता ल्याउनेमा बिस्वस्त छन् ।
‘अल्टिमा वाच सर्कल’ यही असोज १७ (अक्टोबर ४) मा आधिकारिक रूपमा बजारमा सार्वजनिक भएको छ । उपोभोक्ताहरुले सीमित अवधिको लागि अल्टिमा वाच सर्कल विशेष मूल्य रु. ३,९९९/– मा खरिद गर्न सक्नेछन् र । यो परिचयात्मक मूल्य सीमित संख्याको लागि मात्रै प्रवर्धन गरिएको हो तत्पश्चात् अल्टिमा वाच सर्कलको बजार मूल्य रु. ५,९९९/ रहनेछ । यसमा ४६६x४६६ पिक्सेलको उच्च रिजोल्युसनयुक्त १.४३ इन्चको त्रु अमोलेद डिस्प्ले रहेको छ साथै यसले स्पष्ट भिजुअल अनुभवको सुनिश्चित गर्दछ । यसको प्रभावशाली ८०० ल्ष्तक चमकताले फुल–स्क्रिन टच डिस्प्लेमा सुर्यको उज्यालो प्रकाशमा पनि स्पष्ट पढ्न सकिनेछ । यो स्मार्टवाचको साथ आफ्नो फिटनेस निगरानी राख्न आफ्नो कदम, दूरी र क्यालोरीहरुको रेकर्ड राखी यात्रा गर्न सकिन्छ । यसमा प्रभावशाली स्वास्थ्य निगरानी सुविधाहरु पनि रहेका छन् साथै ब्लु तुथ कलिङ सुविधामा रहँदा साथीभाईहरुले सधैँ सम्पर्क गर्न सक्नेछन् । क्ष्एटड वाटरप्रुफ प्रमाणीत यस स्मार्टवाचले सक्रिय जीवनशैली समाविष्ट गर्न प्रेरित गर्नेेछ । एक घण्टामै चार्ज गर्न सकिने फास्ट चार्जिङ र शक्तिशाली २५० एमएएच् ब्याट्री क्षमताको साथ यो स्मार्टवाच लामो समय प्रयोग गर्न सकिन्छ । एक वर्षको ब्रान्ड वारेन्टी भएको यो स्मार्टवाचले सहज अनुभूति प्रदान गर्नेछ । यो उत्कृष्ट स्मार्टवाचले फेसन शैली र फिटनेसलाई प्रोत्साहन गर्ने छ ।
‘अल्टिमा वाच म्याजिक प्रो’ पनि यही असोज १७ (अक्टोबर ४) मा आधिकारिक रूपमा बजारमा सार्वजनिक भएको छ । उपोभोक्ताहरुले सीमित अवधिको लागि अल्टिमा वाच म्याजिक प्रो विशेष मूल्य रु. २,९९९/– मा खरिद गर्न सक्नेछन् । यो परिचयात्मक मूल्य सीमित संख्याको लागि मात्रै प्रवर्धन गरिएको हो र तत्पश्चात् वाच म्याजिक प्रो को पनि बजार मूल्य रु. ५,९९९/ रहनेछ । यसमा भएको १.९६ इन्चको ग्तिचब ग्ख् सुविधा, ३२०x३८६ पिक्सेल रिज्योलुसन र ५०० ल्ष्तक भएको स्मुद एचडी डिस्प्ले चमकको साथ, तपाईंले यसको फुल–स्क्रिन टच डिस्प्लेमा स्पष्ट दृश्यहरू अनुभव गर्नु हुनेछ । ब्लुतुथ कलिङको साथ सहजै कल गर्न र जवाफ दिन तथा कललाई नउठाउन पनि सकिनेछ । यो स्मार्टवाच क्मयुनिकेशन भन्दा पर, दोगुना स्वस्थ्य–साथीको रुपमा रही कदम, दूरी र क्यालोरीहरुको रेकड र स्मार्ट सूचनाहरु प्रदान गर्नेछ । एक वर्षको ब्रान्ड वारेन्टी, क्ष्एटड वाटरप्रुफ प्रमाणीत यो स्मार्टवाच स्टाइलिश मात्र नभई टिकाउ र सक्रिय जीवनशैलीको लागि सज्जित छ । यो विशिष्ट स्मार्टवाचसँग आफ्नो टेक गेमलाई वृद्धि गर्न सकिनेछ ।
यी दुवै नयाँ उत्पादनहरू ग्राहकहरूले अल्टिमाको आधिकारिक वेवसाइट धधध।गतिष्mब।अयm।लउ लगायत अन्य विभिन्न अनलाईन प्लेटफर्महरु–दराज, सस्तोडिल, ब्रदरमार्ट, ग्यापु तथा हुकुट, बिगडिजिटल र नियो स्टोर जस्ता अफलाइन च्यानलहरूबाट सार्वजनिक भएको दिनदेखि नै खरिद गर्न सक्नेछन् ।
विशेष मूल्य
अल्टिमा लाइफस्टाईलको बारेमाः
अल्टिमा लाइफस्टाइल नेपालको सबैभन्दा छिटो अघि बढिरहेको वेरेवल एसीसोरीज (पहिरन योग्य) ब्रान्ड हो । संगीत उत्साही र व्यायाम उत्साही माझ लोकप्रिय बनेको अल्टिमा लाइफस्टाइलले सही मूल्यमा उत्कृष्ट सुविधाहरू प्रदान गर्नेमा गर्व गर्दछ, आफुलाई अग्रणी आईओटी ब्रान्डको रूपमा स्थापित गर्न आफ्ना उत्पादनहरुमा उचित मूल्य अनुपात स्तरीय कार्यसम्पादन प्रस्तुत गर्दछ । ग्राहकको सन्तुष्टिप्रति ब्रान्डको प्रतिबद्धताले नेपालमा वफादार ग्राहक आधार बनाएको छ । हाल अल्टिमा लाइफस्टाइलले अडियो र वेरेवल (पहिरन योग्य) उत्पादनका विस्तृत श्रृंखलाहरु बजारमा ल्याइसकेका छन् । जसमा TWS -Truly Wireless Stereo, Neckbands,, र Smartwatchesजस्ता उत्पादनहरू रहेका छन् ।
Shares