आज मीड सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँट हुँदै

अर्थकागज
प्रकाशित: १० असोज २०८०
Image description

काठमाडौं । मीड सोलु हाइड्रोपावर कम्पनीले निश्कासन गरेको साधारण सेयर (आईपीओ) आज बाँडफाँड हुने भएको छ ।

 बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलका अनुसार आज साँझ ५ बजे आइपीओ बाँडफाँट गर्ने समय तालिका तय भएको हो । कम्पनीले भदौ २९ गतेदेखि असोज २ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले ६ लाख २१ हजार १७२ कित्ता सेयर जारी गरेको थियो ।

कम्पनीले कर्मचारीलाई १४ हजार ९६८ कित्ता र म्युचुअल फन्डलाई ३७ हजार ४२० कित्ता सेयर सुरक्षित गरी बाँकी रहेको सेयर सर्वसाधारणलाई बिक्रीमा ल्याएको थियो ।

यसमा १३ लाख ५४ हजार ८४६ जनाले कुल १ करोड ५१ लाख २२ हजार २५० कित्ताका लागि आवेदन दिएका छन् । जसमा ६२ हजार ११८ जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी १२ लाख ९२ हजार ७२८ जनाको भने हात खाली हुनेछ ।

आईपीओमा मागभन्दा २४.३४ गुणा बढी आवेदन परेकाले गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ ।


प्रतिक्रियाहरू

Shivram adhikari Adhikari shivram

1 year ago

१० कि सबैले पाउनुपर्ने हो

Sharwan Kumar Yadav

1 year ago

How to check

सम्बन्धित खबर