अब काठमाडौं प्लाजामा निःशुल्क पार्किङ

अर्थकागज
प्रकाशित: ०६ मंसिर २०८१
Image description

काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौं प्लाजामा निःशुल्क पार्किङको व्यवस्था मिलाएको छ । महानगरपालिकाले मंशिर ७ गतेदेखि प्लाजामा निःशुल्क पार्किङ गर्न सकिने जनाएको छ ।

काठमाडौँ महानगरपालिकाको भौगोलिक क्षेत्र अन्तर्गत कमलादी, कमलपोखरी, पुतली सडक र दरबार मार्ग आसपासको सवारी साधन पार्किङमा सहजता ल्याउन आज मंशिर ७ गतेदेखि कमलादीस्थित काठमाडौँ महानगरपालिका कार्यालय रहेको काठमाडौँ प्लाजाको कार्यालय परिसरभित्र निःशुल्क रूपमा सवारी बेलुका ०५ः३० बजेदेखि राति ११ः०० बजेसम्म साधन पार्किङ सेवा उपलब्ध गराइने महानगरले जनाएको छ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर