तेस्रो त्रैमाससम्ममा कालिन्चोक दर्शनको नाफा २ करोड ४७ लाख

अर्थकागज
प्रकाशित: २९ वैशाख २०८१
Image description

काठमाडौं । कालिन्चोक दर्शन लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार कम्पनीको खुद नाफामा बृद्धि देखिएको छ।

समीक्षा अवधिमा कम्पनीले २ करोड ४७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.९२ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको २ करोड ३१ लाख रुपैयाँ कमाएको थियो ।

यस अवधिमा कम्पनीले ६ करोड ९३ लाख रुपैयाँ आम्दानी गरेको छ । नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २९ प्रतिशतले बढि हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ५ करोड ३७ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

समिक्षा अवधिमा कम्पनीको सञ्चालन मुनाफा ६२.३८ प्रतिशत बढेर ३ करोड ९५ लाख रुपैयाँ पुगेको छ। समीक्षा अवधिमा कम्पनीको वित्तीय खर्च ७.२५ प्रतिशत घटेको छ।

५९ करोड ६३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ५३ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १०१ रुपैयाँ २ पैसा छ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर