भोटेकोशी र त्रिशूलीमा जोखिम कायमै, नदीबाट टाढा रहन आग्रह

अर्थकागज
प्रकाशित: ०९ भदौ २०८३
Image description

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले चीनतर्फबाट प्राप्त सूचनाअनुसार नदी थुनिएको स्थानमा बनेको ताल अझै पूर्ण रूपमा खुलिनसकेको जनाएको छ ।

भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा जोखिम कायमै रहेकाले अर्को सूचना जारी नभएसम्म नदीबाट टाढा सुरक्षित स्थानमा रहन महाशाखाले आग्रह गरेको छ ।

महाशाखाले नदीको बहावमा पुनः वृद्धि हुनसक्ने सम्भावनालाई ध्यानमा राख्दै नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन तथा सुरक्षित स्थानमा रहन अनुरोध गरेको छ ।



प्रतिक्रियाहरू

सम्बन्धित खबर