रिलायबल लाइफ इन्स्योरेन्स सातौ वर्षमा प्रवेश, बार्षिकउत्सवको अवसरमा विभिन्न स्थानमा सामाजिक कार्य


काठमाडौं । रिलायबल लाइफ इन्स्योरेन्स कम्पनीले जीवन बीमा कारोबार सुरु गरेको ६ वर्ष पुरा गरी सातौ वर्षमा प्रवेश गरेको छ । यो अवसरमा कम्पनीले विभिन्न स्थानमा सामाजिक कार्य गरी मनाएको छ ।
यस अवसरमा कम्पनीले केन्द्रीय कार्यलय, बुटवल र दमक शाखाहरुमा रक्तदान, समता गुठीलाई नगद सहयोग, मन्दिर सर-सफाई, विभिन्न वृद्घआश्रममा खाध्य सामाग्रीहरु वितरण, विद्यालयमा स्टेस्नरी सामन वितरण, वृक्षारोपण गरी सातै प्रदेश मा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यगरी वार्षिक उत्सव मनाएको छ । यस काममा कर्मचारी एवं बीमा अभिकर्ता हरुकोको सकृय सहभागिता भएको थियो ।
उपलक्ष्यमा कम्पनीप्रति विश्वास गरी बीमा लेख खरिद गर्नु हुने करिव ७० लाख बीमितहरु कम्पनीको पहुचलाई दुर दराजसम्म पुर्याउ महत्वपूर्ण भूमिका खेल्नुहुने रिलायबल एडभाइजर ग्रुप, नियमनकारी निकायहरु, लगानीकर्ताहरु, अहोरात्र कामप्रति समर्पित कर्मचारी वर्गहरु, पत्रकार लगायत समस्त सरोकारवालाहरुलाई हार्दिक धन्यवाद व्यक्त गरेको छ ।
हाल सम्मको उपलब्धीवाट हामीलाई थप कार्य गर्नको लागी उर्जा प्राप्त भएको छ भने भविष्यमा अझ ठुलो जिम्मेवारी वहन गर्नको लागी थप प्रेरणा प्राप्त हुने अपेक्षाका साथ समस्त स्टेकहोल्डर्स वाट थप सहयोग तथा विश्वास प्राप्त हुने अपेक्षा कम्पनीले लिएको छ ।
अगाडी दिनमा हामी सेवालाई उच्च प्राथमिकता राखी, थप ग्राहक मैत्री भई उत्कृष्ठ कारोवार गर्ने प्रतिबद्दता कम्पनीले गरेको छ ।
Shares